![]() |
© अन्जान सौगात
|
पहिले त अनगिन्ती... प्यार देखाएर ।
आफ्नै हुँ भन्ने अनेक आधार देखाएर ।
तिमी बिना म, जुन बिनाको आकास भन्थी,
तर गएकी छे अहिले तरबार देखाएर ॥
२.
हुन सक्छ तिम्रो कुरा मानिन कि मैले ।
मान्नै पर्छ भन्ने पनी ठानिन कि मैले ।
सायद यहिँ नेर केही गल्ती भयो होला,
दर्साउन मायाँ जानिन कि मैले ॥
३.
चोटै चोटको . मनमा निशानी छ छुट्टै ।
नउदाउँदै अस्ताएको बिहानी छ छुट्टै ।
तिमी मलाई नै दोष लगाउँदै थियौ,
तिम्रो जस्तै मेरो पनी कहानी छ छुट्टै ॥
४.
केहि गुमाए जस्तो केही पाए जस्तो ।
आएर पनी यादहरु.. नआए जस्तो ।
सम्झनाले तिम्रो .. सताउँदा साझमा,
कहाँ बुझ्छ र मनले . बुझाए जस्तो











